परिचयः
नेपाल सरकारको आ.व. २०७६/७७ को नीति तथा कार्यक्रम अनुसार हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गरिने लक्ष्य अनुरुप २०७७ साल असारमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको पहिलो शाखा कार्यालयको रुपमा मधेश प्रदेशको गौरीडाँडा बर्दिवास, महोत्तरीमा स्थापना भई कार्य संचालन हुदै आइरहेको छ।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, शाखा कार्यालय, बर्दिवास, महोत्तरीबाट स्थापना कालदेखि विवादित प्रलेख अन्तर्गतका परीक्षण कार्यहरु सुचारु भएकोमा आ.व. २०८१।८२ बाट लागुऔषध तथा मनोद्विपक पदार्थ सम्बन्धी परीक्षण र बायोलोजी/सिरोलोजी तथा वन्यजन्तु आखेटोपहार सम्बन्धी परीक्षण सेवाहरु समेत संचालनमा रहेको छ।
प्रदान गरिने सेवाहरुः
विवादीत प्रलेख परीक्षण
- हस्ताक्षर, दस्तखत र औँठाछाप परीक्षण
- लिफा
- सच्याईएको, केरमेट, थपघट तथा केमिकल प्रयोग गरिएको लिखत र मसी परीक्षण
- मसीको तुलनात्मक परीक्षण
- जाली नोट परीक्षण
- फोटोग्राफ परीक्षण
- कार्यालयको सिल तथा छाप परीक्षण
- प्रमाणपत्र परीक्षण
लागुऔषध तथा मनोद्विपक पदार्थ परीक्षण
- गाजाँ, चरेश, हेरोइन, अफिम, कोकिन आदि
बायोलोजी/ सेरोलोजी/ वन्यजन्तु परीक्षण
- रगत, र्याल, विर्य परीक्षण
- नमूनाको अवस्था हेरी वन्यजन्तु तथा वनस्पतिहरुको यकिन ।
- गैडाको खाग यकिन
- सालकको खपटा यकिन
- रौ भएको छाला यकिन
- हात्तीको दाह्रा तथा सोबाट निर्मित वस्तु पहिचान
- पाटेबाघ, हिँउ चितुवा तथा अन्य विरालो प्रजातिको खप्पर पहिचान
- मृग प्रजातिको सिङ्ग पहिचान
- सुनगोहोरो तथा अजिङ्गरको छाला
- कछुवाको खपटा र प्रजाति यकिन
- रक्तचन्दन, यार्सागुम्बा यकिन ।
कार्यालय प्रमुखः पियुष मान शाक्य (९७६९७३४९७२)
सूचना अधिकारीः शैलेश ढुङ्गेल (९७६९७३४९७३)
सम्पर्क ठेगानाः
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला,
बर्दिवास-३, गौरीडाँडा, महोत्तरी, मधेश प्रदेश
फोन नं. ०४४-५५००६९
ईमेल : forensic.bardibas@gmail.com