परिचयः
नेपाल सरकारको नीति तथा कार्यक्रम अनुरुप प्रदेश तहबाट समेत विधि विज्ञान सम्बन्धी परीक्षण सेवाहरु उपलब्ध गराई, अपराध अनुसन्धान तथा न्याय सम्पादनमा महत्वपूर्ण सहयोग पुर्याउने उद्देश्यले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको तेस्रो शाखा कार्यालय आ.ब.२०७८।७९ मा लुम्विनी प्रदेशको रुपन्देहीमा स्थापना भएको हो।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, शाखा कार्यालय, बुटवल, रुपन्देहीबाट स्थापनाकालमा बायोलोजी सेरोलोजी तथा वन्यजन्तु नमूना परीक्षणबाट सेवा शुरुवात गरिएकोमा हाल डिएनए परीक्षण एवं केमेष्ट्रि तथा लागू औषध परीक्षण समेत थप गरी संचालन भईरहेकोछ।


नागरिक बडापत्र


प्रदान गरिने सेवाहरुः
बायोलोजी :
१. वन्यजन्तु -

क) छाला परीक्षण
ख) हाडखोर परीक्षण
ग) दाँत, दाह्रा परीक्षण
घ) खाग परीक्षण
ङ) खुर, सिङ्ग, खपटा परीक्षण
च) काठ, विरुवा, जडिबुटि परीक्षण
छ) कस्तुरीको विना परीक्षण



२. बायोलोजी र सिरोलोजी
क) रौं रेशा परीक्षण
ख) रगत परीक्षण
ग) विर्य परीक्षण



३. डिएनए
क) जैविक नाता परीक्षण
ख) बिभिन्न शारिरीक श्राव, टिष्यु परीक्षण
ग) हाडखोर, दाँत परीक्षण
घ) जनावर एकिन परीक्षण


केमेष्ट्रि :
१. नार्कोटिक्स
क) लागु औषध परीक्षण (हेरोइन, चरेश, अफिम, कोकिन आदि)


कार्यालय प्रमुखः हृदय रत्न शाक्य (०७१-५९१०४४)

सूचना अधिकारीः सन्देश ढकाल (९८५७०५६२२६)


सम्पर्क ठेगानाः

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
योगीकुटी, वुटवल, रुपन्देही, लुम्बिनी प्रदेश
फोन नं. ०७१-५९१०४४, ५९१२२६
ईमेल : forensic.lumbini@gmail.com