परिचयः
नेपाल सरकारको नीति तथा कार्यक्रम बमोजिम हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने क्रममा आ.व. ०७९।८० मा कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको चौंथो शाखा कार्यालय स्थापनाको कार्य शुरु भएको थियो।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, शाखा कार्यालय, विरेन्द्रनगर, सुर्खेतबाट आ.व. २०८१।८२ देखि वायोलोजी तथा वन्यजन्तु आखेटोपहार सम्बन्धि परीक्षण सेवा संचालन गरिएको छ। साथै आ.ब.२०८२।८३ को मंसिर महिना देखि लागु औषध परीक्षण तथा विवादित प्रलेख परीक्षण सेवा संचालन गरिएकोछ ।
प्रदान गरिने सेवाहरुः
बायोलोजी/ वन्यजन्तु परीक्षण
- गैँडाको खाग ।
- सालकको खपटा ।
- चिरूको रौ (शाहतुस) ।
- रौ भएको छाला यकिन (चितुवा, पाटेबाघ, हिँउ चितुवा, ध्वाँसे चितुवा, हाब्रे, घोरल, मृग प्रजाति) ।
- हात्तीको दाह्रा र सोबाट निर्मित मुर्ति तथा अन्य वस्तु ।
- पाटेबाघ, हिँउ चितुवा अन्य बिरालो प्रजातिको खप्पर ।
- मृग प्रजातिको सिङ्ग पहिचान (रतुवा, चित्तल, जरायो, बाह्रसिङ्गा, चिरू समेत) ।
- सुनगोहरो, अजिङ्गरका छाला यकिन ।
- कछुवाको खपटा र प्रजाति यकिन ।
- पंखले ढाकिएका चराचुरूङ्गीहरू ।
- रक्तचन्दन, यार्सागुम्बा यकिन ।
- कस्तुरीको विना यकिन ।
- मानव रगत यकिन ।
विवादित प्रलेख परीक्षण
- हस्ताक्षर, दस्तखत र औँठाछाप परीक्षण ।
- लिफा ।
- सच्याईएको, केरमेट, थपघट तथा केमिकल प्रयोग गरिएको लिखत र मसी परीक्षण ।
- मसीको तुलनात्मक परीक्षण ।
- जाली नोट परीक्षण ।
- फोटोग्राफ परीक्षण ।
- कार्यालयको सिल तथा छाप परीक्षण ।
- प्रमाणपत्र परीक्षण ।
- होलोग्राम परीक्षण ।
नार्कोटिक्स परीक्षण
- लागु औषध परीक्षण (हेरोइन, चरेश, अफिम, कोकिन आदि) ।
कार्यालय प्रमुखः डा. राजु पाण्डे (९८५८०३८६११)
सूचना अधिकारीः दिपेश कुमार साह (९८५८०३७६११)
सम्पर्क ठेगानाः
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
शाखा कार्यालय, सिम्ताली चोक-०८, वीरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेश
फोन नं. ०८३-५९०१०६
ईमेल : forensic.karnali@gmail.com