वि.सं:
नेपाल संवत: ११४६ पोहेलागा षष्ठी - २१
परिचयः
नेपाल सरकारको नीति तथा कार्यक्रम बमोजिम हरेक प्रदेशमा विधि विज्ञान प्रयोगशाला स्थापना गर्ने क्रममा आ.व. ०७९।८० मा कर्णाली प्रदेशको सुर्खेतमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, खुमलटारको चौंथो शाखा कार्यालय स्थापनाको कार्य शुरु भएको थियो।
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, शाखा कार्यालय, विरेन्द्रनगर, सुर्खेतबाट आ.व. २०८१।८२ देखि वायोलोजी तथा वन्यजन्तु आखेटोपहार सम्बन्धि परीक्षण सेवा संचालन गरिएको छ। साथै आ.ब.२०८२।८३ को मंसिर महिना देखि लागु औषध परीक्षण तथा विवादित प्रलेख परीक्षण सेवा संचालन गरिएकोछ ।
प्रदान गरिने सेवाहरुः
बायोलोजी/ वन्यजन्तु परीक्षण
विवादित प्रलेख परीक्षण
नार्कोटिक्स परीक्षण
कार्यालय प्रमुखः डा. राजु पाण्डे (९८५८०३८६११)
सूचना अधिकारीः दिपेश कुमार साह (९८५८०३७६११)
सम्पर्क ठेगानाः
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला
शाखा कार्यालय, सिम्ताली चोक-०८, वीरेन्द्रनगर, सुर्खेत, कर्णाली प्रदेश
फोन नं. ०८३-५९०१०६
ईमेल : forensic.karnali@gmail.com